महेशखोलामा कालो पानी बगेपछि…!


  • नागरिक पाटी
  • शुक्र, अशोज ३, २०७६

धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ मा रहेको एक ईँटा उद्योगले महेशखोलामा कालो लेदो पदार्थ बगाएको स्थानियले बताएका छन् । लेदो पदार्थका कारण खोलाको पानी नै कालो बगेको थियो ।

यस अघि पनि औषधी कम्पनीले सेतो पदार्थ खोलामा बगाउँदा खोलाको पानी सेतो बगेको थियो । यस्तो किसिमका रासायनिक पदार्थ पानीमा मिसाएर बगाउँदा कृषकले लगाएको बाली नै समस्यामा पर्ने कृषी विज्ञहरुले बताउँदै आएका छन् ।
शुक्रबार कालो जस्तो पदार्थ खोलामा बगाएको सुचना आफुहरुलाई पनि आएको बताउँदै ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुक बहादुर खड्काले यस बारेमा शनिबार छलफल गरिने बताउनुभयो ।

२०७६ असोज ०३ गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology