गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद


  • नागरिक पाटी
  • बुध, पुस ९, २०७६

 

गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको बुझिएको छ । ढकाल दम्पती निलमले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । फैसला बुधवार न्यायाधीश विदुर कोइरालाको इजलासले सुनाएको हो ।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी समेत बुझिएको छ । तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको छ ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology