भ्रमण बर्ष २०२० लाई सफल बनाउन थाक्रे गाउँपालिकाका युवा सक्रिय हुनुपर्छ : कार्यकारी निर्देशक रुपाखेति


  • नागरिक पाटी
  • आइत, पुस १३, २०७६

सन्तोष सुवेदी, महादेबवेशि ।

आफ्नो गाउँमा आउने पाहुनाहरुलाई मानसम्मान, सेवा सुबिधामा गुणस्तरियता प्रदान गर्न सकेमा पर्यटकहरु बढी मात्रामा भित्तयाउन सकिने सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले बताएका छन् । सिड्स नेपाल धादिङको सभाहलमा सम्पन्न कार्यक्रममा निर्देशक रुपाखेतिले नेपाल सरकारले सुभारम्भ गरेको भ्रमण बर्ष २०२० लाई सफल पार्न सम्पूर्ण नागरिकहरु दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । बिषेश गरि धादिङको थाक्रे गाउँपालिकाभित्र पर्यटन भ्रमण बर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ र युवाहरुलाई यस क्षेत्रमा कसरी परिचालन गर्न सकिन्छ भनेर थाक्रे गाउँपालिका वडा नम्बर ११ मा रहेको सिड्स नेपालको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

थाक्रे गाउँपालिकाभित्र रहेका पर्यटकिय स्थलहरुको सँरक्षण, प्रचारप्रसार एवम् पर्यटकले घुम्न लायक कसरी बनाउन सकिन्छ र केकेस्ता सम्पदाहरु रहेका छन् भनेर जनप्रतिनिधी लगायत अन्यले कार्यक्रममा बताउनु भएको थियो ।
कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रबि प्रकाश ओझाले आफ्नो वडामा पर्यटकले घुम्न लायक ठाउँ धेरै रहेको बताउनुभयो । उहाँले बनजँगल देखि ऐतिहासिक सम्पदाहरुको सँरक्षणमा लागेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पूर्णबहादुर कार्कीले रानी झरनालाई बिषेश रुपमा सँरक्षण गरिरहेको र यस स्थानमा मिनी लुम्बिनीका रुपमा बिकास गर्न बिभिन्न योजनाहरु पनि बनिरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समीती सदस्य उर्मिला रेग्मीले आफुबाट नै परिवर्तनको थालनी भए मात्र बिकास अनि पर्यटनमा जोड दिँदा सफल भईने बताउनुभयो । सफा र स्वच्च वाताबरण नै पहिलो प्राथमिकतामा राखेर अगाडी जान सके आफ्नो गाउँमा पर्यटन ल्याउन कठिन नपर्ने समेत उहाँको भनाई थियो । आफ्नो घर आगनबाट निस्कने फोहोरलाई जथाभाबि नफाली निश्चित स्थानमा फाल्न अनुरोध समेत गर्नुभयो । उहाँले जिल्लाको समग्र अबस्थालाई जोड दिँदै पर्यटन बिकासमा बिभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रमा थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको द क्लिफ साईट रिसोर्ट सञ्चालन गर्दै आउनुभएका कल्याण थापाले पनि आफ्नो पेसामा सक्रिय भएर लाग्न सके सफल भईने बताउनुभयो । उहाँले होटलहरुमा बासि, बिग्रीएका खाना बेच्नु अपराध जस्तै भएको बताउँदै अन्यलाई पनि यस्ता काम नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित भएका अधिकाँस युवाहरुले पनि आफ्नो धारणा राखेका थिए । सबै युवाहरुलाई सहि र सत्य जानकारी दिएर पर्यटन बिकासमा उल्लेख्य सुधार गर्न सके थाक्रे गाउँपालिकाका स्थानियहरुको पनि आर्थिक सुधारमा टेवा पुग्ने र रोजागरीको सिर्जना हुने सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सामुदायिक बिकास सवालमा जनप्रतिनिधी, ब्यापारी, नागरिकहरुबिच गरिएको आईतबारको कार्यक्रममा पर्यटन भ्रमण बर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने प्रतिबद्धता जनाईएको छ । नेपाल सरकारले यस भ्रमण बर्ष २०२० लाई सफल पार्दे २० लाख पर्यटक भित्तयाउने लक्ष्य समेत लिएको अवगत गराईएको छ ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology