भारतीय लिगमा सावित्राको ६ गोल


  • नागरिक पाटी
  • बुध, माघ १५, २०७६

काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले भारतीय महिला फुटबल लिगको सुरुवाती २ खेलमा ६ गोल गरेकी छिन्। साम्बाले एक ह्याट्रिकसहित ६ गोल गरेकी हुन्। गोकुलम केरालाकी स्ट्राइकर सावित्राले मंगलबार केन्क्रे एफसीविरुद्धको खेलमा ५ गोल गरिन्।

उनले खेलमा ७, १९ र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेर ह्याट्रिक गरिन्। उनले दोस्रो हाफमा थप दुई गोल गरिन्। उनले ४८ र ६१ मिनेटमा गोल गरेकी हुन्।

खेलमा गोकुलमले केन्क्रेलाई १०-१ गोलले पराजित गर्‍यो। यसअघि गोकुलमले पहिलो खेलमा श्रीभूमी क्लबलाई १-० ले पराजित गरेको थियो। सो खेलमा सावित्राले नै निर्णायक गोल गरेकी थिइन्। लिगको समूह बीमा रहेको गोकुलम ६ अंकसहित शीर्ष स्थानमा छ।

सावित्रासँगै नेपालकी मिडफिल्डर अनिता बस्नेतले पनि भारतीय लिग खेलिरहेकी छिन्। अनिता सेथु एफसीमा आबद्ध छिन्।

 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology