बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शुक्रबारदेखि मौसम खुल्दै जाने


  • नागरिक पाटी
  • बुध, माघ १५, २०७६

काठमाण्डौ । बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनु भयो ।

उहाँका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको उहाँले बताउनु भयो ।

बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उहाँको अनुमान छ । आउँदो शुक्रबारदेखि भने मौसम खुल्दै जाने उहाँले जानकारी दिनुभयो ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology