अफगानिस्तानमा पछिल्लो समय हिंसा झन् बढ्यो


  • नागरिक पाटी
  • शुक्र, माघ १७, २०७६

काठमाण्डौँ। अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो ।

अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुल अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो ।

अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो । अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर वार्ता भने सम्भव हुन सकेन । तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन । उनीहरुले युद्ध विराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology