धुनिबेशीका सुरुङमार्ग प्रभावितले पनि शतप्रतिशत मुआब्जा पाउनुपर्छ : मेयर आचार्य (भिडियो सहित)

काठमाण्डौँ तर्फको जग्गा र धादिङ तर्फको जग्गाको मुल्याङ्कनमा धेरै भिन्नता
  • नागरिक पाटी
  • सोम, माघ २०, २०७६

धादिङ । धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागढुँगा सुरुङमार्ग आयोजनालाई स्थानिय नागरिकको समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभएको छ । सुरुङमार्ग प्रभावितका लागि प्राविधिक पक्षबारे जानकारी गराउन आयोजित कार्यक्रममा उहाँले धुनिबेशीका सुरुङमार्ग प्रभावितलाई शतप्रतिशत मुआब्जाका लागि समन्वय गर्न आयोजनालाई आग्रह गर्नुभएको हो ।

स्थानिय नागरिकले पुस्तौँ देखी बस्दै आएको ठाउँ उचित मुआब्जा बिना नै छोड्न नसक्ने बताउँदै आएको भन्दै आचार्यले गुठीकै जग्गा भएपनि ३३ प्रतिशत मात्र नभई शतप्रतिशत मुआब्जा दिलाउनुपर्ने बताउनुभएको छ । काठमाण्डौँ तर्फको जग्गा र धादिङ तर्फको जग्गाको मुल्याङ्कनमा धेरै भिन्नता रहेको भन्दै उहाँले स्थानिय नागरिक विस्थापित नै हुने अवस्था आउन दिन नहुने बताउनुभएको हो ।

स्थानिय सरकार र जनप्रतिनिधीको तर्फबाट परियोजनालाई सँधै सहयोग रहने भन्दै प्रमुख आचार्यले स्थानिय नागरिकको समस्या टुँग्याउनका लागि सम्बन्धित पक्ष सँग पहल गर्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा हाज्मा आन्दो कर्पोरेशनका चिफ ईन्जिनियर मिग्रेन्द्र राज काफ्ले र ईन्जिनियर रमेश प्रसाद कोईरालाले सहभागीलाई नागढुँगा सुरुङमार्ग परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा धुनिबेशी नगरपालिकाका उपप्रमुख निरु खरेल, विभिन्न वडाका वडा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

भिडियो हेर्नुहोस्..

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology