अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ


  • नागरिक पाटी
  • सोम, माघ २०, २०७६

काठमाण्डौ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो । निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५र१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

 

२०७६ माघ २० गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology