अनुपममा गुञ्जिए प्रभाती र सुभद्रा


  • नागरिक पाटी
  • सोम, माघ २०, २०७६

काठमाडौं । अनुपम सिर्जना प्रतिष्ठानको ९० औँ शृङ्खलामा गजलकारहरू प्रभाती किरण र सुभद्रा ढकालले आफ्ना गजल सिर्जना सुनाएका छन् । एड मार्क कलेजको हलमा सम्पन्न अनुपम विशेष शृंखलामा गजलकार किरणलाई आफ्ना सुपुत्र पुष्कलले साथ दिए । कार्यक्रममा दुवै स्रष्टाले पाँचपाँच वटा गजल वाचन गरेका थिए ।
उक्त अवसरमा अनुपमले यस वर्ष आयोजना गरेको देउसी कार्यक्रमको आयव्ययसमेत प्रस्तुत गर्नुका साथै आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले गजलको विधागत संरचनाका बारेमा अभिव्यक्ति राख्दै वाचित गजलमाथि सङ्क्षिप्त टिप्पणी गरेका थिए ।
प्रतिष्ठानले विगत आठ वर्षदेखि राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । यसै महिनाबाट सुरू गरिएको विधागत विशेष वाचनको आगामी कार्यक्रम बैशाखमा कविता वाचनका साथ आयोजना गरिने प्रतिष्ठानका महासचिव जितु खड्काले जानकारी दिएका छन् ।

२०७६ माघ २० गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology