एनआरटीलाई हराउँदै फ्रेन्ड्स क्लब लिगको नवौँ स्थानमा


  • नागरिक पाटी
  • मङ्ल, माघ २१, २०७६

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोमा रहेको एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २ –० गोल अन्तरले हराएकोे हो । फ्रेन्ड्सलाई जिताउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे ।

पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो । फ्रेन्ड्सको लिगमा यो चौथो जित हो । जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ भने लिगको नवौँ स्थानमा उक्लिएको छ । एनआरटीको यो तेस्रो हार हो । सातौँ स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ ।

२०७६ माघ २१ गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology