राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित


  • नागरिक पाटी
  • बिहि, माघ २३, २०७६

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ। पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके पछि विधेयक सर्वसम्मत पारित भएको हो ।
सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताएका थिए ।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गर्नु भएको थियो ।

 

२०७६ माघ २३ गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology