थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न,१६ स्वर्ण सहित जनजागृति प्रथम


  • नागरिक पाटी
  • शुक्र, माघ २४, २०७६

शिवराज आचार्य
महादेबबेशी । धादिङको थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आज शुक्रबार सम्पन्न भएको छ ।
थक्रे गाउँपालिको आयोजना तथा लिति महाकाल माध्यमिक विद्यालयको समायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । यहि माघ २१ र २२ गते थाक्रे गाउँपालिका वडा नम्बर ४ मा रशेको लिति महाकाल माविको खेल मैदानमा थाक्रे गाउँपालिका भरिका १२ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।


प्रतियोगीता विभिन्न विदामा सञ्चालन गराईएको लिति महाकाल माविका प्रधानध्यापक ओम प्रसाद सापकोटाले बताएका छन ।
प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयले १६ स्वर्ण २ रजत ३ कास्य पदक हात पारेर प्रथम स्थान हाँसिल गरेको हो ,। त्यसै गरी महाँकालेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण ८ रजत १ कास्य पदक हात पारेर द्धितिय स्थान हाँसिल गरेको छ । त्यसै गरी कालिका माध्यमिक विद्यालयले २ स्वर्ण र ३ कास्य पदक हात पारेर तृतिय स्थान हाँसिल गरेको हो भने ४ रजत १ कास्य पदक हात पारेर सेतीदेवि माध्यमिक विद्यालय सान्तना भएको छ प्रतियोगितामा विजयी भएकाहरु लाई शिल्ड,मेडल तथा प्रमाण पत्र प्रदान गरिएको हो ।


कार्यक्रममा बोल्नुु हुुदै गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतील खेलले राष्ट्र चिनायने भएकाले सबै विद्यालय लाई आगामि दिनमा पनि खेल क्षेत्रलाई राम्रो गर्न आग्रह गनुु भएको छ ।उहाँले खेल क्षेत्रमा गाउँपालिकाले सहयोग गदै जाने बताउनुु भएको छ ।


त्यसै गरी कार्यक्रममा बोल्नुु हुुदै अध्यक्ष आचार्यले आगामि दिनमा प्रतियोगिता गाउँपालिका आफैले आफ्नौ खेल मैदानमा आयोजन गर्ने बताउनुु भएको छ ।

 

२०७६ माघ २४ गते प्रकाशित

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology