नेपालद्धारा अमेरिकाविरुद्ध ३५ रनको जित


  • नागरिक पाटी
  • शनि, माघ २५, २०७६

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारीले तीन विकेट लिए। सन्दीप लामिछानले दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए। खराब सुरुवात गरेको नेपालले अमेरिकालाई १९० रनको चुनौती दिएको थियो।

यसैबिच बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाएका छन् । तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटको डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन् ।

 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology