निगमको वाइडबडी वुहानमा रहेका नेपालीलाई लिन चीन जाने


  • नागरिक पाटी
  • सोम, माघ २७, २०७६

काठमाडौं । सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी ९एयरबस ३३०० विमान पठाउने गरी तयारी थालेको छ ।

त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ ।
वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् ।
उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology