सत्यवती माध्यमिक विद्यालयलाई मदन भण्डारी मेमोरियल तेस्रो रनिङ शिल्ड प्रतियोगिताको उपाधी


  • नागरिक पाटी
  • बिहि, फाल्गुन १, २०७६

धादिङ । मदन भण्डारी मेमोेरियल तेस्रो रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी सत्यवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा सत्यवती मा।विले ९ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १८ पदक सहित १५० अङक ल्याएर उपाधी जितेको हो । यसैगरी सिद्धेश्वर माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । सिद्धेश्वर माविले प्रतियोगितामा ४ स्वर्ण र ३ कास्य गरि जम्मा ७ पदक सहित ७८ अङ्क ल्याई दोस्रो भएको छ । यसैगरी महाकाली माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएको छ । महाकालीले प्रतियोगितामा २ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ६ पदक सहित ३६ अङ्क ल्याई तृतीय स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने विद्यालयलाइ, प्रमाणपत्र, मेडल लगायत क्रमश १५ हजार, १० हजार र पाँच हजार नगद पनि प्रदान गरिएको छ ।

सिद्धलेक गााँउपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले छात्र भलिवलमा सिद्धेश्वर मावि प्रथम, नलाङ पात्ले मावि द्धित्तिय र सत्यवति मावि तृत्तिय भएको छ भने छात्रा भलिवल तर्फ सत्यवति मावि प्रथम, नलाङ मोडेल एकेडेमि द्धित्तिय र सिद्धेश्वर मावि तृत्तिय भएको जानकारी दिनुभयो ।

सिद्धलेक गााँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा महाकाली माध्यमिक बिधालयको सह–आयोजना भएको तेस्रो रनिङ शिल्ड प्रतियोगितामा सिद्धलेक गााँउपालिकाका १४ वटा माध्यमिक बिधालयको सहभागीता रहेको थियो । प्रतियोगितामा छात्र/छात्राका भलिबल, लङजम्म, हाईजम्प, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स लगाएत विभिन्न बिधाका खेलहरु खेलाईएको छ ।

सिद्धलेक गाँउपालिका वडा नं ७ को पिपलटार स्थित महाकाली मा. बि. मा सोमबारदेखी सुरु भएको तेस्रो रनिङ शिल्ड प्रतियोगिता बुधबार समापन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गााँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँ–ठाउँमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने उदेश्यले यो प्रतियोगितालाई निरन्तरता दिईएको बताउनुभयो ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology