धादिङमा फेरी स्कुटर दुर्घटना, चालकको मृत्यु


  • नागरिक पाटी
  • शुक्र, फाल्गुन २, २०७६

धादिङ । बेनीघाट स्थित चरौँदी पुलमा शुक्रबार बिहान भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले स्कुटरमा सवार काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौ लगिएको बताउनुभयो । स्कुटरलाई ठक्कर दिने  बिआर. ०६. जिडी. ८६७१ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि.. धादिङमा स्कुटी दुर्घटना हुँदा बहिनी सहित अभिनेत्री महिमा सिलवालको मृत्यु

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology