भ्यालेन्टाइन डे मा ‘लभ डायरिज’


  • नागरिक पाटी
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं । प्रणय दिवसलाई लक्षित गरेर चलचित्र ‘लभ डायरी’ शुक्रबारबाट मुलुकका ८० भन्दा बढी सिनेमा हलबाट रिलिज भएको छ । यो चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । यो चलचित्रमा आफूलाई प्रेमका महत्वपूर्ण पहललाई कैद गरेर दर्शकमाझ ल्याउन लागेको उनले जानकारी गराएका छन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् ।

सिनेमामा यो चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सहनिर्माताका रूपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको संगीत, विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology