हामी किन ?

देश विकासका लागि नागरिकको जति दायित्व हुन्छ, त्यति राज्य सञ्चालनमा रहेका राजनितिक दल एवम् सरकारको पनि हुन्छ । नागरिक र राज्य सञ्चालनमा रहेका व्यक्तिहरु विच आपसी समन्वय भएन भने विकासको काम प्राय ठप्प हुने गर्छ । एउटा त्यो मध्यस्थकर्ता हो, जो नागरिक र राज्य सञ्चालनमा रहेका व्यक्तिहरु बिच सँधै सम्पर्कमा रहन्छ । सोहि मध्यस्थकर्ताको रुपमा रहेको पत्रकारिताको कारणले गर्दा देश विकासमा केहि परिवर्तन भएका छन् । विकासका लागि पत्रकारिताको नारा सहित हामी त्यहि परिवर्तनको विश्वासका साथ आएका छौँ ।

राजनितीक दलको मुखपत्रको रुपमा प्रकाशन र प्रशारणमा रहेका सञ्चार माध्यमहरु अहिले नेपालमा अनगिन्ती छन् । यो आरोप अनलाईन मिडियामा पनि छ । एकातिर राजनितीक दलको मुखपत्र नभई मिडिया हाउस सञ्चालन गर्न गाह्रो पनि छ । अर्कोतिर राजनितीक दलको मुखपत्र भएर नागरिकको खबर नागरिक सम्म लगि नागरिकलाई सुसुचित गराउने काम सजिलो पनि छैन । अप्ठरोको बिच पनि पक्ष रहित पत्रकारिताको वकालत गर्दै हामी आएका छौँ ।

मुलुकले अहिले सूचना र सञ्चारमा निकै फड्को मारेको छ । विद्युत्तिय सञ्चार माध्यमको रुपमा रहेको रेडियो र टेलिभिजन अधिकाँश नागरिकको पहुँचमा छ । प्रिन्ट मिडिया ९दैनिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रिकाहरु० शहर केन्द्रित मात्र छ । यतिबेला विश्व डेस्क्टप, ल्यापटप, नोट बुक र आइप्याडमा आइपुगेको छ । नागरिकको हातमा स्मार्ट फोन संगै तिव्र गतिको इन्टरनेट पनि पुगेको छ । समय सँगैको आवश्यकतालाई शिरोधार्य गर्दै हामी आएका छौँ ।

अनलाईन मिडीयाको यो बगैँचारुपी भिडमा एउटा बिरुवा नागरिकपाटी डटकम उम्रिएको छ । अब यो विरुवालाई समयमै मलजल अनि चिसो, तातो सँगै मौसम अनुकुलको वातावरणलाई ध्यान दिन हाम्रो प्रयास त जारी नै रहनेछ । तर तपाईको तर्फबाट पनि सहयोग, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित सत्य, तथ्य र विश्वसनियतामा कुनै पनि आँच नआउने गरि विशेषत विकास पत्रकारिताको क्षेत्रमा नागरिकलाई सुसुचित बनाउने अभियानमा हाम्रो कलम सदैव चलिरहनेछ ।
– प्रधान सम्पादक