शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने डा. कोइरालाको भनाई

गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने डा. कोइरालाको भनाई

  • 4.7K
    SHARES
  • मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने बताएका छन्। मोरङमा आयोजित एक कार्यक्रममा बैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य ब्यक्तीलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्विकार गरेका छन्। आफुलाई पदको कुनै लोभ नभएको बताउॅदै डा। कोइरालाले काग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउॅन अब कुनै कसर बॉकी नराख्ने समेत बताए। ‘गाउॅ र दुर(दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागी जिवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु। यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु ।अब पनी हामी जिम्मेवार नभए कहिले हुने रु’ डा शेखरको प्रश्न थियो। ‘कुनैवेला बिपी, सुवर्णशमसेर, गणेशमान र किशुनजीका बिचमा चरम बैचारिक मत भिन्नता थियो। उहॉहरु आ(आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै ति मत भिन्नता कार्यकर्ता सामु आएनू डा कोइरालाले भने(‘अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी बिभाजित छ।’ नेपाली कांग्रेस,तरुण बिभाग मोरङ्ले बिराटनगरमा आयोजना गरेको ‘तरुण युवा सॅग कांग्रेस’ बिषयक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता डा कोइरालाले सरकारकै कारण संघियता गुम्ने खत्तरा बढेको समेत बताए। कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिला संग्रौला,मोरङ् कांग्रेसका सभापती डिगबहादुर लिम्बु,राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी,प्रदेस सभा सदस्य केदार कार्की लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए। २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०४:१८:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology