शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे नुवाकोटका साँसदले सँसदमा के भने ?

पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे नुवाकोटका साँसदले सँसदमा के भने ?

  • 5.1K
    SHARES
  • काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे वास्तविकता पत्ता लगाउने कार्यमा बाधा नपार्न नुवाकोटका सांसदहरुले सरोकारवालालाई आग्रह गरेका छन् । सांसदद्वय नारायणप्रसाद खतिवडा र हितबहादुर तामाङले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै छानबिनमा सबैले सहयोग पुर्‍याउनु पर्ने बताएका हुन् । सांसद खतिवडाले पत्रकार पुडासैनीको आत्महत्या घटनाका आरोपी रवि लामिछाने माथि चितवन प्रहरीले न्यायिक हिरासतमा राखेर छानिबन गरिरहेकाले त्यसलाई प्रभावित पार्न नहुने बताए। उनले घटनालाई राजनीतिकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनले लामिछानेलगायतलाई दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानुनी राज्यको उपहास गर्ने ढंगबाट प्रदर्शनकारीले गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। सांसद् तामाङले राज्यले पत्रकार पुडासैनी प्रकरण राज्यले कुनै पनि पक्षको प्रभावमा नपरी निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नपर्ने माग राखेका छन् । बेलकोटगढी नगरपालिका ३ निवासी पत्रकार पुडासैनी गत साउन २० गते चितवनको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। पत्रकार पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला अदालत चितवनको सहमतिमा प्रहरीले हिरासतमा राखी अनुसन्धान जारी राखेको छ। २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०४:४१:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology