शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पक्की नाली निर्माणमा लापरबाही : निरिक्षण पछि वडा अध्यक्षले नै भत्काईदिए नाली (भिडियो सहित)

पक्की नाली निर्माणमा लापरबाही : निरिक्षण पछि वडा अध्यक्षले नै भत्काईदिए नाली (भिडियो सहित)

  • 6.3K
    SHARES
  • धार्के । पक्की नालीमा गुणस्तरिय सामाग्री प्रयोग नभएको भन्दै नाली नै वडा अध्यक्षले भत्काईदिएका छन् । बागबानी धार्के सडकमा निर्माण भैरहेको पक्की नालीमा प्रयोग भैरहेको बालुवामा माटो मिसाईएको, काममा लापरबाही गरेको भन्दै जनगुनासो आएपछि धुनिबेशी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण रेग्मीले निरिक्षण पछि केहि स्थान भत्काएर राम्रो काम गर्नका लागि निर्देशन दिएका हुन् । सुरुमा काम राम्रो देखिएपनि पछि ठेकेदार, सुपरभाईजर तथा काम गर्नेहरुबाटै नाला बनाउने काममा लापरबाही गरेको गुनासो आएपछि ईन्जिनियर सहितको टोलीबाट निरिक्षण गरि काम राम्रो गर्न निर्देशन दिएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले काममा अझै लापरबाही गरे कारबाही गरिने बताउनुभयो । उक्त सडकको रेशमखेती बलुवाडाँडा खण्डमा कटिङ, ग्राभेल, नाला तथा हिमपाइप राख्ने भनि करिब १ करोड रुपैँयामा उमँग कन्ट्रक्सनले ठेक्का पाएको थियो । २ देखि साँढे २ किलोमिटर सडकमा काम सम्पन्न गर्नका लागि गत जेठ २ गते देखि काम सुरु भएको हो । बागबानी धार्के सडक करिब ६ किलोमिटर लामो रहेको छ । भिडियो हेर्नुहोस्.... https://youtu.be/0RnXHUfKnp4 २०७६ असोज ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ०४:५३:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology