शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधानप्रति असन्तुष्टि कायमै : संशोधन माग गर्दै प्रदर्शन

संविधानप्रति असन्तुष्टि कायमै : संशोधन माग गर्दै प्रदर्शन

  • 3.8K
    SHARES
  • काठमाण्डौँ । संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहँदा संविधानप्रतिको असन्तुष्टिसमेत व्यापक रूपमा देखिएको छ । संविधान जारी हुँदाबाट नै असन्तुष्ट रहँदै आइरहेका दलले संशोधनको मागसहित देशभर विरोधका कार्यक्रम आयोजना गरेका हुन् । संविधानले आफूहरूको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरूको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि तयार नभएको भन्दै राजधानीसहित देशका विभिन्न स्थानमा विरोध भएको हो । राजधानीमा भएको विरोध प्रदर्शनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘असोज तीन, कालो दिन’ भन्दै काठमाडौंको वसन्तपुरदेखि इन्द्रचोक, असनलगायतका क्षेत्रमा प्रदर्शन गर्दै कोणसभा गरे । यसैगरी, संविधान जारी हुँदाबाट नै असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित राजनीतिक दलले समेत संविधान दिवसलाई उल्लासका रूपमा मनाएनन् । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकाले संविधान स्वीकार गर्न नसकिएको बताए । राजधानी दैनिकमा खबर छ । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - १५:४१:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology