शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौँमा बसको ठक्करबाट स्कुटरमा सवार धादिङकी घलेको मृत्यु, एक घाईते

काठमाडौँमा बसको ठक्करबाट स्कुटरमा सवार धादिङकी घलेको मृत्यु, एक घाईते

नागरिक पाटी

१८, माघ २०७६
  • 6.7K
    SHARES
  • काठमाडौँ । नागार्जुन –१ रानीवन पानीट्यांकीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धादिङ दार्खाकी ४० वर्षीया लीलाकुमारी घलेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार स्कुटर चालक मृतक घलेकी २५ वर्षीया छोरी शर्मिला घले घाइते भएकी छिन् । उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १८, २०७६ शनिवार - ०५:४३:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology