शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनीवेशीका जनप्रतिनिधिसँग सामी परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

धुनीवेशीका जनप्रतिनिधिसँग सामी परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक पाटी

२४, माघ २०७६
  • 8.7K
    SHARES
  • धुनिबेशी । धादिङको धुनीवेशी नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारको विषयमा नगर कार्यसमितिका सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप मेयर निरु खरेल,प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल,वडा अध्यक्षहरु,नगर कार्य समितिका सदस्यहरुको सहभागिता रहेको थियो।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायले सामी परियोजनाको लक्ष्य,बैदेशिक रोजगारको वर्तमान अवस्था,चुनौती,बैदेशिक रोजगारको क्रममा आईपर्ने चुनौती र सुरक्षित आप्रवासनको लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाको उदेश्य,लक्ष्य,र उपलब्धीहरु,धादिङको चार वटा स्थानीय तहमा सन्चालन भएको परियोजनाको गतिविधी र आगामी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा डिप्रोस नेपालका बागमती प्रदेश संयोजक शिवलाल शर्माले वित्तिय कक्षाको महत्व,यसले ल्याउने परिवर्तन र उत्पादनशील क्षेत्रमा रेमिट्यान्सलाई सदुपयोग गराउनको लागि वित्तिय साक्षरता कक्षाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।त्यसको लागि वडा अध्यक्ष लगायत सिंगो नगरपालिका टिमले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चायले सामी परियोजनालाई सफल बनाउनको लागि सिंगो नगरपालिका टिम लाग्ने बताउनुभयो ।नगरपालिका भित्रका युवाहरुको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउने काम स्थानीय तहको भएको भन्दै उहाँले अबको केहि दिनमा रिटर्नी स्वयमसेवक राखीने बताउनुभयो । सबैको सोच र मन मिल्यो भने काम गर्न सहज हुने भन्दै उहाँले परिवर्तन आउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
    २०७६ माघ २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७६ शुक्रवार - ०५:३८:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology