शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ जिल्ला स्तरिय बृहत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता सुरु

धादिङ जिल्ला स्तरिय बृहत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता सुरु

नागरिक पाटी

२५, माघ २०७६
  • 10.7K
    SHARES
  • शिवराज आचार्य महादेववेशी । धदिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ को महादेववेशीमा प्रथम जिल्ला स्तरीय खुल्ला दोहोरी गीत प्रतियो गिता आज शुक्रबार बाट सुरु भएको छ । नेपाली लोक गीत संगीतको माध्यमबाट देशको सम्बृधि,विकाश र सकारात्मक समाज परिवर्तनलाई आत्मसाथ गरी कालकार र कालाकारीताको माध्यमबाट नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस किसिमको प्रतियोगिता आयोजना गरीएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति धादिङका सल्लाहकार तथा कार्यक्रम संयोजक राजु रेग्मीले बताएका छन । ख्ुाल्ला दोहोरी गीत प्रतियोगिता आयोजना गरी लुकेका प्रतिभाहरुले कार्यक्रम बाट राष्ट्रिय स्तरको कार्यक्रममा जान सकिने उद्देश्यले कार्यक्रम आयोजना गरीएको संयोजक रेग्मीले बताएका छन । खुल्ला दोहोरी प्रतियोगीतामा २६ ओटा टिमले सहभागीता जनाएका छन । आज केहि टिम विजको दोहोरी प्रतियोगिता भएको छ । प्रतियोगिता बाट चार टिमलाई काठमाडौंमा हुने कार्यक्रममा भाग लिन पाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्दीय अध्यक्ष रमेश विजिले बताएका छन। यस किसिमको प्रतियोगिता धादिङको इतिहासमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति धादिङले जानकारी दिएको छ । आज शुक्रबार बाट सुरु भएको प्रतियोगितामा प्रमुख अतिथिका रुपमा धादिङका प्रदेश सांसद तथा पृर्व स्थानिय विकास मन्त्री राजेन्द्र प्साद पाण्डे,थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य,उपाध्यक्ष अम्बिका रुपाखेती, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश विजि,बागमती प्देशका अध्यक्ष ,उपाध्यक्ष ,कोषाध्यक्ष,जिल्ला कार्य समिति धादिङका पदाधिकारी,विभिन्न जिल्लाका दोहोरी गायक लगायतको सहभागिता रहेको कार्यक्रमा रेडियो राजमार्ग मिडिया पटर्नरका रुपमा रहेको छ । २०७६ माघ २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७६ शनिवार - ०४:५९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology