शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निगमको वाइडबडी वुहानमा रहेका नेपालीलाई लिन चीन जाने

निगमको वाइडबडी वुहानमा रहेका नेपालीलाई लिन चीन जाने

नागरिक पाटी

२७, माघ २०७६
  • 4.3K
    SHARES
  • काठमाडौं । सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी ९एयरबस ३३०० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् । उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०७६ सोमवार - १८:४७:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology