शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेववेशीमा जलवायु परिवर्तन सम्वन्धी कार्यशाला

महादेववेशीमा जलवायु परिवर्तन सम्वन्धी कार्यशाला

नागरिक पाटी

३, फाल्गुण २०७६
  • 6.7K
    SHARES
  • महादेववेशी । धादिङको महादेववेशीमा एक दिने जलवायु परिवर्तन सम्वन्धी कार्यशाला सम्पन्न भएको छ । क्रस कटिङ सवाल अन्र्तगत सस्थाको जलवायु नितिलाई सम्वोधन हुनेगरी थाक्रे र गल्छी गाउपालिकामा जलवायु परिवर्तनले पारेको असरहरु वारे सचेत गराउने उदेश्यले कार्यशाला गरिएको हो । कार्यशालामा सस्थाका कार्यसमिति सदस्यहरु, कर्मचारी, महिला मानव अधिकार रक्षकहरुको सञ्जालका अगुवा प्रतिनिधिहरु र महिला समुहको अगुवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यशालामा जलवायु परिवर्तन हुने कारणहरु, असरहरु र जलवायु अनुकुलन न्युनिकरण गर्न र असरहरुवाट वच्न के गर्नुपर्ने भन्ने विषयमा छलफल भएको थियो भने नेपाल सरकारको जलवायु परिवर्तन सम्वन्धि नितिको विषयमा छलफल गरि जलवायु अनुकुलन योजनाहरु जानकारी गराईएको छ । सरकारले लिएको नितिमा हरेक क्रियाकलाप र योजना गर्दा जलवायु परिवर्तनको विषयहरु अनिवार्य जोड्नुपर्ने जानकारी दिईएको छ । कार्यशालामा गायिका यसोदा विडारी र दुर्गा विडारीले जलवायु परिवर्तनको असरहरु र वच्ने उपायहरुलाई समेटेर सचेतनामुलक गित प्रस्तुत गरेका थिए । कार्यशालाको सहजिकरण कार्वन फार्मस अफ नेपालका निर्देशक रामजी भट्टराईले गर्नुभएको थियो । चन्द्रज्योति एकिकृत ग्रामिण विकाश समाज सिड्स नेपाल धादिङका उपाध्यक्ष सुयस विक्रम राणाको अध्यक्षतामा भएको कार्यशालामा कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कोषाध्यक्ष सुसिला सुवेदी लगायत ३९ जनाको सहभागिता रहेको सिड्स नेपालका नर्मदा अर्यालले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०७६ शनिवार - ०१:४६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology