पप्पु कन्स्ट्रक्सन सहित ६ कम्पनी कालो सूचिमा


  • नागरिक पाटी
  • सोम, फाल्गुन ५, २०७६

काठमाडौं । पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी कालो सूचिमा परेका छन्। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल, काठमाडौंले सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचिमा राखेको हो।

सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एकवर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचिमा परेका छन्। अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचिमा राखेको छ। पप्पु कन्स्ट्रकसन संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो। हाल यो कम्पनीलाई उनका छोरा सुमित रौनियारले संचालन गर्दै आएका छन्।

कार्यालयले अन्य ६ कम्पनीलाई समान एक(एक वर्षका लागि कालोसूचिमा राख्ने निर्णय गरेको छ। अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स, हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि (काठमाडौं), बारा कन्स्ट्रक्सन(काठमाडौं), एच.बि.केसी निर्माण सेवा (सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स (काठमाडौं) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology