त्रिभुवन विमास्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने


  • नागरिक पाटी
  • सोम, फाल्गुन १९, २०७६

काठमाण्डौ,१९ फागुन । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य जाँच हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच लगायतका काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच गर्ने निर्णय गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा‍‍।हेमन्त चन्द्र ओझा, अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology