सरकार नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारीमा


  • नागरिक पाटी
  • सोम, फाल्गुन १९, २०७६

काठमाण्डौ,१९ फागुन । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिएका छन् । तर यसबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।

नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष र सगरमाथा सम्वाद सान्दर्भिक नहुने भएकाले दुवै कार्यक्रम स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology