प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना


  • नागरिक पाटी
  • सोम, फाल्गुन १९, २०७६

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै छ। उपचार प्रबन्धका लागि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको छ। अग्रिम स्वास्थ्य परीक्षणहरूले प्रधानमन्त्री मिर्गौला पुनः प्रत्यारोपणका लागि स्वस्थ र सक्षम रहेको देखाएका छन्। अस्पतालले उपचारको तयारी पूरा भएको जानकारी दिएको छ।

सरकार प्रमुखको स्वदेशमै हुन लागेको पहिलो यति ठूलो उपचार भएकाले सारा देशवासी प्रसन्न छन्। स्वदेशमै प्रत्यारोपणका निर्णयकर्ता प्रधानमन्त्री र त्यसका हिम्मतकर्ता विज्ञ चिकित्सकहरूको उनीहरू मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। प्रधानमन्त्री शीघ्र र पूर्ण स्वस्थ भएर काममा फर्किएको हेर्न आतुर पनि छन्। १२ वर्षअघि विदेश जानुको विकल्प थिएन। अहिले स्वदेशमै सुविधायुक्त प्रत्यारोपण सम्भव छ। प्रधानमन्त्रीबाट त्यसको सम्मान र मूल्यांकन भएको छ।

हामी त्यही कामना गर्छौं– प्रधानमन्त्रीको अस्पताल बसाइ छोटो बनोस्। शीघ्र, पूर्ण र दीर्घ स्वास्थ्य लाभ होस्। ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्न सहजता मिलोस्। स्वास्थ्यलाभपछि पार्टी नेताको दायराभन्दा माथि उठेर देशकै नेता बन्ने सफलता मिलोस्। हार्दिक शुभकामना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology