सडकमा अब जथाभावी रुपमा निर्माण सामग्री राखेमा कारबाही गरिने


  • नागरिक पाटी
  • आइत, फाल्गुन २५, २०७६

काठमाण्डौँ । अब जथाभावी रुपमा सडकमा तथा सार्वजनिक बाटोमा निर्माण सामग्री राखेमा कारबाही गर्ने गरि सरकारले नीति ल्याउने तयारी गरेको छ । जथाभावी रुपमा फालिएको निर्माणका कच्चा सामाग्रीका कारण वातावरणीय प्रदुषण बढाइरहेको निष्कर्ष निकाल्दै सरकारले रोकथाम गर्न लागेको हो ।

पछिल्लो समय उपत्यका लगायत ठूला सहरहरुमा वाातवणीय प्रदुषणको मात्रा बढिरहेको छ । सरकारले प्रदुषण नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वातावरणीय प्रदुषण बढिरहेको जनगुनासो बढिरहेको छ ।

वातावरण विभागले भने सबै सरोकारवाला निकायको समन्वयको अभावका कारण पनि प्रदुषण नियन्त्रणमा थप चुनौती देखिएको बताएको छ । विभागले वातावरणीय प्रदुषण नियन्त्रणका लागि नै जथाभावी रुपमा सडक छेउछाउमा निर्माण सामाग्री फाल्न नपाउने गरि नीति ल्याउने तयारी भईरहेको बताएको छ ।

विभागककी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रदुषण नियन्त्रण गर्न जथाभावी सडकमा निमाृणका कच्चा पदार्थ राख्न नपाउने गरी नीति ल्याउन लागि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology