पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्ष पछि पक्राउ


  • नागरिक पाटी
  • आइत, फाल्गुन २५, २०७६
पत्रकार वीरेन्द्र साह। फाइल तस्बिर

काठमाडौं । पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ परेका छन् । एभिन्युज टेलिभिजनमा कार्यरत साहको २०६४ असोज १८ मा हत्या भएको थियो । तत्कालीन माओवादीमा संलग्न कुन्दन भन्ने नरेन्द्र चौधरीलाई आइतबार बिहानै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई निवासबाटै बिहान २ बजे पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा अवरोध सिर्जना भएपछि ४ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बारागढीस्थित निवासमा सुतिरहेको अवस्थामा १२ फौजदारलाई पक्राउ गरेको थियो । फौजदारलाई नियन्त्रणमा लिनुअघि घरलाई प्रहरीले घेरा हाल्दा स्थानीयले उनलाई भगाउन प्रयास गरेका थिए ।

प्रहरीले चार राउन्ड हवाई फायर गरेर पनि पक्राउ गर्न सफल भएको बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका छन् । तत्कालीन नेकपा माओवादीका कार्यकर्तासमेत रहेका फौजदार अदालतबाट दोषी ठहर भइ लामो समयदेखी फरार रहेका थिए ।

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेका थिए । अपहरण गरेको ३४ दिन पछि साहको शव २०६४ कात्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology