थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा


  • नागरिक पाटी
  • बुध, फाल्गुन २८, २०७६

काठमाडौं । थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १८ औँ संस्करणको प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८ औँ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । पहिलो हाफ १–० गोलअन्तरमा सकिएको खेलमा दोश्रो हाफमा निरकुमार राईले २ गोल गरे । दोश्रो हाफको ५१ र ७२ औँ मिनेटमा राईले गोल गर्दै पुलिसलाई ३–० को जित दिलाएका हुन् । खेलको म्यान अफ दि म्याच पुलिसका निरकुमार राई भए । बिहीबार दोश्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल आर्मी क्लबबीच पोखरा रंगशालामा दिउँसो साढे दुई बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology