हेटौंडा भीमफेदी कुलेखानी सडक स्तरोन्नती हुँदै


  • नागरिक पाटी
  • बुध, फाल्गुन २८, २०७६

हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग ९हेटौंडा–काठमाण्डौ छोटो सडक० अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाण्डौ जोड्ने सडकको स्तरोन्नती सहित चौडा पार्न लागिएको हो ।
भीमफेदी देखी कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको हो । सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको छ ।

यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यी दुबै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरीएको हो । सडक स्तरोन्नतीको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ । दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् ।
यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रै समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयका ईन्जिनियर नबिन सिंहले जानकारी दिनुभयो । यो सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । हेटौंडाबाट काठमाण्डौ जान पृथ्बी राजमार्ग, त्रिभुबन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाण्डौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाण्डौं सडक लगायतका रहेका छन् ।खबर ब्रेकको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology