धादिङमा ३ सय जन्ती रित्तै हात घर फर्किए


  • नागरिक पाटी
  • बुध, फाल्गुन २८, २०७६
तस्वीर: प्रतिकात्मक

धादिङ । वेहुलीको उमेर नपुगेका्ले विवाह रोक्न भन्दै स्थानीय प्रहरीमा उजुरी परे पछि ३ सय जन्ती मण्डपमै नपुगेर फर्केका छन् ।
गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले १८ वर्षीय छोरी सपना सुवेदीको कन्यादान गर्न हिजो देखिनै आफन्तजन निम्तो गरेका थिए । विहानै मण्डप तयार थियो । गल्छी–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज संग आज बुधवार विबाह हुदै थियो ।
सम्धी कृष्णअधिकारीले २ बस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका थिए ।

तर जन्तीको साटो गल्छी स्थित वैरेनी प्रहरीचौकीवाट महिला प्रहरी पुगेर उमेर नपुगेकोले विवाह रोक्न भन्ने सन्देस पाए । स्थानीय आमा समूहले उमेर नपुगेकोले विवह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि गजुरी स्गित ईलाका प्रहरीमा विवाह रोक्न उजुरी परेको थियो । माईती पक्ष लाई विवाह रोक्न आदेश लिदएको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पवाटै फकार्एैको थियो ।

वेहुला पक्षले गल्छी गाउंपालिका उपाध्यक्ष राधा तिमिल्सेनालाई पनि यस वारे सोधेका थिए । उपाध्यक्ष राधाले प्रहरीले रोकेको भए कानुन लाई सहयोग गर्न जन्ती फर्कन आग्रह गनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology