गजुरीमा प्रविधिमैत्री वडा कार्यालय संचालनका लागि अभिमुखीकरण तालिम सुरु


  • नागरिक पाटी
  • शुक्र, फाल्गुन ३०, २०७६

धार्के । धादिङको गजुरीमा प्रविधिमैत्री वडा कार्यालय संचालनका लागि अभिमुखीकरण तालिम आजबाट सुरु भएको छ । गाउँपालिकाका ८ वटै वडा कार्यालयहरूमा अनलाईन घटना दर्ताका लागी कार्यक्रम सुरु गरिएको हो। सेवा प्रवाहलाई प्रविधिको प्रयोगबाट छिटो, छरितो, भरपर्दो, पारदर्शी र विश्वसनीय बनाइ सेवाग्राहिलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले वडा कार्यालयहरूमा कार्यरत सबै कर्मचारीहरूको लागि अनलाईन घटना दर्ता सम्बन्धि तालिम पनि भोली सम्पन्न हुने छ । तालिम उतघाटन कार्यक्रममा बोल्नु हुदै अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले प्रतेक वडामा प्रविधिमैत्री वडा कार्यालयमा सञ्चालनको तयरीका लागी कर्मचारीहरु लाइ तालिम दिईएको बताउनु भएको छ । अहिले प्रविधिको प्रयोगले कार्यसम्पादनमा छिटो छरितो भएको समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology