भाइबरबाट एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने


  • नागरिक पाटी
  • मङ्ल, चैत्र ४, २०७६

एजेन्सी । विश्वमा बढ्दो कोभिड–१९ को त्राससँगसँगै अनगिन्ती मानिसहरूमा यसको जोखिम देखा परेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघ–संस्थाहरू, स्वास्थ्य मन्त्रालयहरूले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीहरूलाई उनीहरूका कर्मचारीहरूलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र धेरैले यसलाई पालना पनि गरेको भन्दै कम्पनीले वास्तवमा घरबाट काम गर्नु त्यति व्यावहारिक विकल्प कहिले नभएको जनायो ।

मानिसहरूले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरूको कम्प्युटरहरू र स्मार्टफोनहरूसँग काम गर्न सक्ने हुनाले भाइबर जस्तो एपको साथमा घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालका लागि काम सम्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

केही त्यस्ता सरल उपायहरू छन् जसको सहायताबाट तपाईंले कोभिड–१९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने कम्पनीले जनाएको छ । कोभिड– १९ ठूलो समूहमा सजिलै फैलिनसक्ने भएकाले छलफल सत्रहरूलाई प्रतिबन्ध गरी भ्वाइस कलहरूमा परिणत गर्नु उत्तम छ ।

मिटिङहरूबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । भाइबरले कोभिड–१९ का बाबजुद सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरूमा सहभागी बन्न सक्ने व्यक्तिहरूको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ । जुन अत्यन्त महत्वपूर्ण मिटिङका लागि पनि पर्याप्त हुन्छ ।

भाइबरले फाइलहरू सजिलै आदान प्रदान गर्नसहायता गर्छ, यसैले तपाईंले आफ्ना सहकर्मीहरू र व्यावसायिक साझेदारहरूलाई महत्वपूर्ण कागजातहरू र प्रस्तुतीकरणहरू छिटो प्रेषित गर्न सकिनेछ । २ सय एमबीसम्मको फाइल एपभित्र सीधै आदान–प्रदान गर्न सकिन्छ । ठूला फाइलहरूको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिन्क सेयर गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, भाइबरको डेस्कटप भर्सनद्वारा तपाईंले घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरूसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङकोविशेषता पनि छ, जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्छ । यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology