धादिङको थाक्रे २ सल्लेमा ७५ हजार लिटरको बृहत खानेपानी ट्याङ्कीको सिलान्यास


  • नागरिक पाटी
  • बुध, चैत्र ५, २०७६

धार्के । धादिङ्को थाक्रे गाउँपालिका २ सल्लेमा ७५ हजार लिटरको बृहत खानेपानी ट्याङ्कीको सिलान्यास गरिएको छ । एक घर एक धारा अन्तर्गत सल्लेमा रहेको १ सय ५० भन्दा बढि घरधुरीले प्रयोग गर्ने गरि ७५ हजार लिटर पानि आटाउने खानेपानी को ट्याङ्की सिलान्यास गरिएको हो । थाक्रे गाउँपालिका र वडा नम्बर २ को विनियोजित बजेटबाट निर्माण हुन लागेको खानेपानीको ट्याङ्की बैसाखको मसान्त सम्म निर्माण भैसक्ने वडा २ का वडा अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । पुर्सोतम पौडेलको अध्यक्षता गठित १३ कार्यसमिति सदस्य हरुको अगुवाइमा उक्त काम सम्पन्न गर्ने छन् ।


सिलान्यास कार्यक्रम मा बोल्दै थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बनेका संरचनाको सदुपयोग गर्न र बन्न लागेका संरचनाहरुलाई पनि नियमित अनुगमन गरेर हेरचाह गरि निर्माण गर्न र सबैले यस्तो कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले पनि थाक्रे गाउँपालिकामा बृहत खानेपानीलार्इ राम्रोसग संचालन गर्नको लागि गाउँपालिका लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology