धुनिबेशी नगरपालिकाद्धारा अल्ट्रा रनर रशिला तामाङ सम्मानित


  • नागरिक पाटी
  • शुक्र, चैत्र ७, २०७६

खानिखोला । धुनिबेशी नगरपालिकाले अल्ट्रा रनर रशिला तामाङलाई सम्मान गरेको छ । धुनिवेशी नगरपालिका वडा न. २ निवासी तामाङले गत पौष ५ र ६ गते चीनको कुनमिङमा सम्पन्न ५० कि.मि माउन्टेन क्रसिङ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।

नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले तामाङलाई नगद रु.२५००० सहित प्रमाणपत्रले सम्मान गर्नुभएको छ । सम्मान कार्यक्रममा नगर प्रमुख आचार्यले अझै सफलताको शुभकामना व्यक्त गर्दै खेल क्षेत्रलाई नगरपालिकाले विशेष जोड दिएर काम गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology