धुनिबेशी युवा क्लबको साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश रुपाखेती


  • नागरिक पाटी
  • आइत, चैत्र ९, २०७६

धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्केमा धुनिबेशी युवा क्लबको साधारण सभा सम्पन्न भएको छ । धार्केमा रहेको नवज्योति सहकारीको सभाहलमा भएको सधारण सभाले १३ सदस्यि नयाँ कार्यसमिति सँगै ७ सदस्य सल्हाकार समिति समेत गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दिनेश रुपाखेती, प्रथम उपाध्यक्षमा प्रकाश न्यौपाने, अन्य उपाध्यक्षहरुमा राजु भुजेल, सरोज गजुरेल, सचिवमा मदन भुजेल, कोषाध्यक्षमा दिनेश आचार्य चयन भएका छन । यस्तै गरी सदस्यहरुमा विक्रम लुइटेल, प्रमोद हमाल ,मनिष उप्रेती, प्रकाश भुजेल, सन्जिव भुजेल, दिपेन्द्र रेग्मी, अमिर श्रेष्ठ रहेका छन ।
त्यसैगरी क्लवको सल्लाहकार समितिको संयोजक रामचन्द्र आचार्य, सदस्यहरुमा जनक भुजेल, रामराजा रेग्मी, पुष्पराज रेग्मी, विशाल मानन्धर, विनोद आचार्य र विकास भुजेल रहेका छन् ।
यस क्लबको स्थापना २०६० सालमा भएको थियो । स्थापना कालदेखि नै क्लबले खेलकुद र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । क्लबले २०६३ सालमा भएको प्रथम एन्फा लिग जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology