चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय


  • नागरिक पाटी
  • आइत, चैत्र ९, २०७६

काठमाडौं । सरकारले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology