नेपाल लकडाउन : अब घरबाट बाहिर निस्कन रोक, सवारी साधन पनि चलाउन नपाइने


  • नागरिक पाटी
  • सोम, चैत्र १०, २०७६

काठमाडौ । मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन सरकारले रोक लगाएको छ । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । अहिले सम्म फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology