प्रतिनिधिसभाको बैठक चैत्र २३ गतेसम्मका लागि स्थगित


  • नागरिक पाटी
  • बुध, चैत्र १२, २०७६

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २३ गते सम्मका लागि स्थगित गरिएको छ। यसअघि चैत ६ गते बस्ने भनिएको बैठक १३ गतेका लागि स्थगित भएको थियो। कोभिड १९ को सम्भावित संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित हुँदै आएको हो। अर्कोतिर सरकारले मंगलबारदेखि लागू हुने गरी एक सातालाई ‘लकडाउन’ सुरु गरेको छ।

‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक मिति २०७६ चैत २३ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology