युट्युबको भिडियो गुणस्तर घट्ने


  • नागरिक पाटी
  • बुध, चैत्र १२, २०७६

एजेन्सी । युट्युबको भिडियो गुणस्तर घट्ने भएको छ। कोरोना भाइरस ‘कोभिड–१९’ को प्रकोपपछि विश्वका अधिकांश मुलुक लडकाउन गरिएको छ। कोरोनाको त्रासपछि मानिसहरु घरमै बसेपछि विश्वभर इन्टरनेटको खपत बढेको छ। इन्टरनेटको खपत बढेपछि इन्टरनेट ढिला चल्ने समस्या देखिएको छ।

यसबीचमा युट्युबले आफ्नो भिडियो गुणस्तर घटाउन लागेको हो। केही दिनमै युट्युबले आफ्नो भिडियो ‘स्ट्यान्डर्ड डेफिनेसन’ मा चल्ने बनाउने जानकारी दिएको छ।

स्ट्यान्डर्ड डेफिनेसनमा भिडियो एचडी क्वालिटीको हुनेछैन। यद्यपी प्रयोगकर्ताले चाहेको खण्डमा एचडीमा भिडियो पनि हेर्न सक्नेछन्।

तर हाल युट्युबमा दिइएको ‘अटो’ फिचर भने नयाँ परिवर्तनमा देखिने छैन। हाल हामीले भिडियो हेर्दा इन्टरनेटको स्पिड अनुसार एचडी र त्यो भन्दा कम गुणस्तरमा आफैं चल्छ ‘अटो’।

नयाँ परिवर्तनमा भिडियो ‘स्ट्यान्डर्ड डेफिनेसन’ मा चल्नेछ। जसका कारण इन्टरनेटको खपत कम हुन्छ। यसरी इन्टरनेट बढी प्रयोग गर्नुपर्ने मानिसहरुलाई फाइदा पुग्नेछ। यस्तै नेटफ्लिक्सले पनि आफ्नो भिडियोको गुणस्तर घटाउने जानकारी दिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology