कोरोना सँक्रमित तेस्रो व्यक्ति धादिङका ३२ वर्षका पुरुष रहेको पुष्टि


  • नागरिक पाटी
  • बिहि, चैत्र १३, २०७६

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष हुन् । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

त्यसयता काठमाडौंकै होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । मंगलबार नै उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
बुधबार पोजेटिभ रिपोर्ट आयो । उनी बसेको होटल र सवार विमानमा यात्रा गरेकाहरुको ट्रेसिङ गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गोपनियताका कारण सँक्रमितको पुरा नाम ठेगाना भने सरकारले खुलाउन चाहेको छैन ।

नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा माघ ९ गते देखिएको थियो भने दोस्रो संक्रमण फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा १० चैतमा देखियो । लगतै सरकारले लकउडानको घोषणा गरेको छ ।
तर संक्रमण देखिएकी युवतीसँगै विमानमा रहेकाहरुको ट्रेसिङ सक्दा नसक्दै विदेशबाटै आएका अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology