अनु र बिम्बकाे “आकाँक्षा” भिडियो सार्वजनिक


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

बिष्णु ठकुरि
अनु र बिम्बकाे “आकाँक्षा” नामक गीत सार्वजनिक भएकाे छ जसमा शव्द अपेक्षा गुरुङ्गकाे रहेकाे छ भने सँगीत उनी आफैले भरेकी हुन् । गीतकाे एरेन्ज प्रदिप जाेशीले गरेका हुन्।एलिशा न्याैपानेकाे अभिनय रहेकाे गीतमा ब्याण्डका सबै सदस्यहरुकाे प्रस्तुति देख्न सकिन्छ।

शन्तु लामाकाे निर्देशनमा बनेकाे भिडियाेलाई रुमन लामाले सम्पादन गरेका हुन्।अनु शाक्य भाेईस अफ नेपाल सिजन १ कि टप १६ ट्यालेन्ट मध्य एक हुन्। उनले २०१७ मा “अनु र बिम्ब” ब्यान्ड स्थापना गरि साेहि ब्याण्ड मार्फत गीतहरु सार्वजनिक गर्ने गरेकी छिन्।

उनी ब्याण्डकाे लिड भाेकलिष्ट हुन् भने उनी सँगै लिड गिटारिष्टमा दिनेश नकर्मी , रिदम गिटारिष्टमा दिविन शाक्य, ड्रमरमा अशमी महर्जन र ब्यसिष्टमा प्रविन महर्जन रहेका छन्। याे भन्दा अगाडि अनु र बिम्बकाे ” सपना ” नामक गीत सार्वजनिक भई सकेकाे छ जसले राम्राे प्रतिकृया पाएकाे थियाे।
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology