युवा व्यवसायी कुमार पाण्डेद्धारा धादिङका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

काठमाडौँ । युवा व्यवसायी तथा नेकपा धादिङका नेता कुमार पाण्डेले कोभिड–१९ रोकथामको लागि धादिङका ३ स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन । उनले गल्छी गाँउपालिका, थाक्रे गाँउपालिका र धुनिवेशी नगरपालिकालाई केही थान स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

उनले तिनवटै स्थानीय तहमा प्रत्येकलाई १० थान पिपिइ , २० लिटर सेनिटाईजर, ५०० थान टप गोलबस र २०० थान हेड क्याप प्रदान गरेका हुन । ‘लकडाउनका कारण सम्बन्धित ठाँउमा पुर्याउन सकिन , सावारी आवातजावत नभएको कारण मैले काठमाडौँबाट नै लिएर जानुस् भनेको छु’ पाण्डेले भने । पाण्डे आफैपनि धुनिवेशी नगरपालिकाका बासिन्दा हुन् ।

कोभिड–१९ का कारण देशभरका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्न आवश्यक पिपिई लगायतका सामाग्री अभाव भइरहेको खबर आइरहेका छन । जसका कारण कोरोना संक्रमितको उपचारमा समेत असर पर्ने गर्दछ । यसैगरी व्यवसायी कुमार पाण्डेले धुनिवेशी नगरपालिकालाई १० थान पिपिइ प्रदान गरेका छन । तिन नगरपालिका मध्ये गल्छी र थाक्रे गाँउपालिकाले प्रदान गरिएको स्वास्थ्य सामाग्री लिएर गएका छन भने धुनिवेशी नगरपालिकामा भोली पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology