महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। प्रतिस्पर्धीद्वय डा राजन खनाल र चिन्तामणि शिवाकोटीलाई पाखा लगाउँदै अधिकारी गभर्नर भएका हुन्।

मन्त्रिपरिषदको सोमरबारको बैठकले अधिकारीलाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो। राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्। राष्ट्र बैंकका तत्कालीन् गभर्नर डा चिरंजिबी नेपालको कार्यकाल सकिएसँगै रिक्त स्थानमा अधिकारी आएका हुन्। चार्टर्ड एकाउन्टेन्ट अधिकारीले राष्ट्र बैंकमा ३१ वर्ष काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology