‘गजुरी गाउँपालिकाको नागरिक कोहि भोको हुँदैनन्, अप्ठेरो परे फोन गर्नुस्’ : उपाध्यक्ष ढुङ्गाना


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

धुनिबेशी । नेपाल अहिले लकडाउनको अबस्थामा रहेको छ । अहिले कतिपय स्थासिनयतहहरुले राहातका कार्यक्रमहरु ल्याईरहेका छन् । यो समयमा दैनिक ज्यालामजदुरी गरेर खाने ब्यक्तिहरुको लागी राहातका कार्यक्रमहरु सरकारले ल्याईरहेको छ । यो अबस्थामा धादिङका बिभिन्न पालिकाहरुले पनि कार्यक्रमहरु गरिरहेका छन् । आफ्नो पालिकाहरुमा हुन सक्ने सम्भाबित जोखिमहरुलाई कम गर्नको लागी क्वारेन्टाईन तथा आईसोलेसन निर्माणको काम भईरहेका छन् । गजुरी गाउँपालिकाले पनि यो अभियानलाई तिब्रताका साथ अगाडी बढाईरहेको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सिता ढुङ्गानाले बताउनुभयो ।

उहाँले क्वारेन्टाईन तथा आईसोलेसन निर्माणमा सहजता भएपनि भोलीको जोखिममा स्वास्थ्यकर्मीहरुले लगाउने पिपिइ लगायतका सामाग्री भने अपुग हुने बताउनुभयो । गजुरी गाउँपालिकाले कोरोनाबाट देश लकडाउनमा गएपछि ज्यालादारी मजदुर तथा गरिवहरुको लागी राहात प्रदान गर्न फुड बैकको पनि स्थापना गरिएको छ । यहाँ रुपैया तथा जिन्सी सामाग्रीहरु पनि दिन सकिने उपाध्यक्ष ढुङ्गानाको भनाई छ ।

उहाँले वडा तथा गाउँपालिकाहरुले छनौट गरेर गरिव तथा दैनिक ज्यालादारीलाई राहात बितरण गरिने बताउनुभयो । रेडियो राजमार्गको कार्यक्रम राजमार्ग सम्बादमा बोल्दै उपाध्यक्ष ढुङगानाले यो संकटको बेलामा सबै क्षेत्रबाट मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनुभयो । उहाले काम बिषेश नपरी घरबाट बाहिर ननिस्कन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology